जबरजस्ती करणी मुद्दाका फरार भिरमुनिका अभियुक्त १० महिना पछी पक्राउ

११ बर्षीय बालिकालाइ जबरजस्ती करणी गरी फरार भएका बेनी नगरपालिका ५ भिरमुनिका एक युवालाइ बिहिवार जिल्ला प्रहरी कायार्लय म्याग्दीले नियन्त्रणमा लिएकाे छ । २०७६।०९।१२ गते रातको समयमा ११ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी घटना पश्चात भागी फरार रहेका भिरमुनीका २२ बर्षीय अशोक परियारलाई गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट खटीएको प्रहरी टोलीले मिति बिहिवार नियन्त्रणमा लिएको हाे  ।

निज अभियुक्तको बिरूद्धमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) शिर्षकमा मुद्दा दर्ता भई म्याग्दी जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा निज अशोक परियारले ११ बर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८, दफा २१९ को उपदफा ३(ख) बमोजिम १० बर्ष वा १० बर्ष भन्दा बढी १४ बर्ष भन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १८ बर्ष देखि २० बर्ष सम्म कैद सजाय तोकिएको छ । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई निजको सहमतीमा करणी गरेको भएमा पनि जबरजस्ती करणी गरेको मानिने कानूनी व्यवस्था रहेकाे छ ।

You can share this post!

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

जापानको नागोयामा सात तला घरबाट हामफाल्ने पुनको घर म्याग्दी भएको आशंका

Related posts