मगरकप २०२२ को उपाधी मोना फ्रान्सले जित्यो

फ्रान्समा जारी लिग भलिबल प्रतियोगिताको उपाधी मोना फ्रान्सले जितेको छ । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप २०२२ मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा आयोजकलाई पन्छाउँदै मोनाले उपाधी चुमेको हो ।

लिग खेल अन्तरगत पहिलो खेलमा आयोजक मगर समाज, दोस्रो खेलमा पर्वत समाजलाई पराजित गदैं सेमिफाइनलमा पुगेको मोनाले सेमिफाइनमा स्याङ्जालाई पराजित गरेको मोना फ्रान्सका सहसचिव महेन्द्र बोहोराले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनलमा पुनः मगर समाजसँग भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । पहिलो र दोस्रो सेट लगातार मोनाले जितेपनि तेस्रो सेट मगर समाजले जितेको थियो । त्यसपछिको चौथो सेट मोनाले आफ्नो पोल्टामा पारेसँगै उपाधी जितेको हो ।

मोनाको क्याप्टेन प्रबुद्ध केसीको नेतृत्वमा भएको खेलमा याम केसी, याम श्रीष मगर, शेखर पुन, रमेश बोहोरा, लक्ष्मी प्रसाद भट्टचन, महेन्द्र बोहोरा, प्रेम थापा मगर र टिम म्यानेजर बिकाश शेरचनको सहभागिता भएको थियो । सोही अवसरमा मोनाका खेलाडी याम केसी उत्कृष्ट स्पाइकर, प्रबुद्ध केसी उत्कृष्ट क्वीक स्पाइकर र याम श्रीष मगर उत्कृष्ट सेटर घोषित भएको महासचिव प्रताप मल्लले बताउनुभयो ।

प्रतियोगितामा विजेताले १४ सय यूरो सहित ट्रफी प्राप्त गरेका छन । मोनाको टिममा म्याग्दीमा समेत भलिबलमा निकै उत्कृष्ट मानिएका खेलाडीहरु भएकाले उपाधी सहित खेल क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले बताउनुभयो । यसअगाडी समेत मोनाले आयोजना गरेको प्रथम मोना कपको उपाधी जितेको थियो ।

You can share this post!

एमाले म्याग्दीले असोज २५ देखि चुनावी प्रचार अभियान संचालन गर्ने

हुलाकका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

Related posts