सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पशुपति शाही चयन

म्याग्दी । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाको १२ औं साधारण सभा तथा ८ औं अधिबेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनले पशुपती शाहीको अध्यक्षतामा नयाँ समिति समेत चयन गरेको छ ।

शाखाको उपाध्यक्षमा दिलु घताने, सचिब नारायण कुमार बराल, कोषाध्यक्ष गंगामाया पुन, सह–सचिव अनिता भण्डारी कार्की रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सानिमाया कार्की, सर्मिला बानियाँ, तप्तबहादुर विश्वकर्मा, बलराम सुवेदी, बल बहादुर महत र बिष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।

शाखाले जेष्ठ नागरिक नैनाकुमार श्रेष्ठ, प्रहरी हवल्दार गंगाकुमारी कार्की र सचारकर्मी हरिकृष्ण गौतमलाइ सम्मान गरेको छ त्यस्तै पुरानो कार्यसमितिलाई समेत सम्मान सहित बिदाइ गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समाजमा भएगरेका सामान्य झैझगडाको बिषयलाई सहजीकरण गरेर सामुदायिक सेवा केन्द्रले उल्लेख्य भूमिका निभाएको बताउनुभयो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीमार्फत नगरपालिकाको न्यायिक समितिमा आएका मुद्दाहरु सुनुवाई भईरहेको पनि उहाँले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखालाई सामाजिक घटनाहरुमा अग्रसर भएर अगाडी बढ्न अनुरोध गर्नुभएको थियो । समुदायसंग प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउन प्रहरीले समुदायसंग कामगर्दा अत्यन्तै संयमित र जिम्मेवार बन्नुपर्ने उहाँको भनाई थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका संरक्षक एवम् पदेन सदस्य प्रहरी नायब उपरीक्षक तिलक भारतीले सामाजिक सद्भाव कायम राख्न तथा प्रहरीलाई सघाउनका लागि सामुदायिक प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा बेनीनगरपालिका वडा नं ७ का निबर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका पुर्व अध्यक्ष एवम् सल्लाहकार अमृता देवी बानियाँ, ब्रह्मकुमारी विश्वबिद्यालयका रिना दिदी, बिरेन्द्र चोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, दिदिबहिनी सहकारीका अध्यक्ष बिष्णु गौतम, जिल्ला समन्वयका शाखा अधिकृत साधना कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाको आजिवन सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो । साधारण सभा तथा अधिवेशन संस्थाका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षता, र सचिव लक्ष्मण कटुवालको संचालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

 

You can share this post!

रुममा विद्यार्थी र शिक्षकलाई भित्ते पत्रिका लेखन तालिम प्रदान

राष्ट्रिय खेलकुदलाई व्यवस्थित बनाउन बेनपा –७ मा उपसमिति गठन

Related posts