एमालेमय राम्चेः २०७४ कै टिम २०७९ मा पनि विजयी

म्याग्दी । स्थानीय तह निर्वाचन म्याग्दीमा सम्पन्न भएको छ । जिल्लाका ६ वटै स्थानीय तहको मतपरिणाम सार्वजनिक भईसकेको छ । दोस्रो स्थानीय तह निर्वाचनमा कतिपय २०७४ का जनप्रतिनिधि नै उम्मेदवारका रुपमा प्रस्तुत भएका थिए । जसमा कतिले जित हाँसिल गरे भने कति पराजित भएका पनि छन ।

यसै सन्दर्भमा म्याग्दीको अन्नपूर्ण गाउँपालका –८ राम्चेमा नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिनै यसपालिको निर्वाचनमा विजयी भएका छन ।

गत वैशख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनी वडा अध्यक्षमा खम बहादुर गर्वुजा, महिला सदस्यमा देव कुमारी खोरजा पुन, दलित महिला सदस्यमा एलिना रसाईली बिक, खुल्ला सदस्यमा गेममाया पुन र यम बहादुर पुन भारी मतका साथ विजयी हुनुभएको हो ।

२०७४ सालको निर्वाचनमा पनि एमालेबाट उहाँहरु पाँच जनाको समूह विजयी हुनुभएको थियो । दुईपटकको निर्वाचनमा लगातार सेट नै विजयी भएको यो जिल्लामा पहिलो हो । देश भरि बाटै पनि हाल सम्म यो नजिता पहिलो भएको दावी एमालेले गरेको छ ।

‘विगतको पाँच बर्ष जनताको पक्षमा ईमान्दार रुपमा खटेर काम गरियो, जनताले हामीलाई रुचाएर फेरी पनि विश्वास गरि जिताएका छन’, अध्यक्षमा निर्वाचित गर्वुजाले भन्नभयो । राम्चेका विकास र जनताको सेवामा अवको पाँच बर्षमा केही नयाँ योजनाका साथ काम गर्ने अध्यक्ष गर्वुजाले बताउनुभयो ।

राम्चेको यो जितले नेकपा एमालेको लोकप्रीयता जनतामाझ कति छ भन्ने कुराको पुष्टि गरेको एमालेका नेताहरुले बताएका छन । छ वटा स्थानीय तहमध्य ४ वटा पालिका प्रमुख, ३ वटा उपप्रमुख र ४५ मध्य २२ वटा वडा जितेर एमाले जिल्लामा पहिलो दल बनेको नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो ।

सत्तारुढ पाँच दलीय वठवन्धनका विरुद्धमा एक्लै चुनाव लडेको एमाले जिल्लामा पहिलो दल बन्नु गौरवको बिषय भएको भन्दै उहाँले एमालेलाई विश्वास गरि दिएको माया सहितको मत प्रति समस्त म्याग्दीबासी जनताहरुलाई हार्दिक आभार समेत प्रकट गर्नुभएको छ ।

You can share this post!

अन्नपूर्णमा एमालेले भव्य विजयउत्सव मनायो

बेनी नगर प्रमुखको पदभार ग्रहणः स्वास्थ्य सम्वन्धी बिशेष तीन निर्णय

Related posts