बेनी नगरपालिकामा कांँग्रेसका उम्मेदवारको मनोनयन दर्ता

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट बेनीको मेयर र उपमेयरमा उम्मेदवारी दिनुभएका चिरञ्जीवि शर्मा र अमृतदेवी बानियाँले मनोनयन दर्ता गर्नुभएको छ ।
सोमवार जिल्ला समन्वय समितिमा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरुले मनोनयन दर्ता गराउनुभएको हो ।

काँग्रेबाट वडा नं का अध्यक्षको उम्मेदवार कमल थापा, २ बाट याम बहादुर कार्की, ३ बाट होम बहादुर रोका मगर, ४ बाट सुमन बानियाँ, ५ बाट याम बहादुर बानियाँले सदस्यहरु सहित मनोनयन दर्ता गराउनुभएको नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।

वडा नं ६ मा माओवादी संग तालमेल हुँदा काँगे्रसले दुई सदस्य लिएको छ । त्यस्तै वडा नं ७ बाट रमेश श्रेष्ठ, ८ बाट हेम बहादुर भण्डारी, ९ बाट चक्र केसी र १० बाट शिव बहादुर शाही अध्यक्षका उम्मेदवार सहितका सदस्यहरुले उम्मेदवारी दर्ता गराएका सचिव रकालले बताउनुभयो ।

नेपाली काँग्रेसको पार्टी कार्यालय संगमचोकबाट बाजागाजा र ¥याली सहित उम्मेदवार, नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
उम्मेदवारी दर्ता पछि मेयरका उम्मेदवार शर्माले बेनीको सुविधा सवै वडामा विस्तार गर्दै विकास, परिवर्तन र सचेतनाका कार्यहरुले नागरिकको जीवनस्तर माथि उकास्ने लक्ष लिएको बताउनुभयो ।

You can share this post!

एमालेका उम्मेदवारहरुबाट बेनी नगरपालिकामा मनोनयन दर्ता

रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल

Related posts