एमालेले मंगला तीनमा उम्मेदवार टुङ्गो लगायोः अध्यक्षमा कबिन्द्र रोका दोहोरिने

म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका तीन बरंजामा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार सम्पन्न वडा कमिटीको बैठकले वडा अध्यक्षको उम्मेदवारमा हालकै अध्यक्ष कबिन्द्र रोकालाई दोहो¥याउने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष सहित अन्य सदस्यहरुको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको छ । बैठकले खुल्ला सदस्यमा भिम बहादुर रोका, कुल बहादुर थापा, दलित महिला सदस्यमा तेजीमाया बिश्वकर्मा र खुल्ला महिला सदस्यमा मिना फगामी रोकालाई उम्मेदवार चयन गरिएको नेकपा एमाले मंगला गाउँपालिका कमिटीका उपसचिव दर्पण रोकाले जानकारी दिनुभएको छ ।

अध्यक्षको उम्मेदवार रोका मंगला ३ सातविसे निवासी हुनुहुन्छ । गाउँपालिकाका हालको अध्यक्ष एवम् आसन्न निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार बन्नुभएका सतप्रसाद रोकाको सहोदर भाई समेत रहेका रोका इमान्दार र कर्तव्यनिष्ठ व्यक्ति हुनुहुन्छ ।

वडा ३ को विकासमा हरदम लागिरहेका रोकाले विगतको पाँच बर्षमा बाँकी रहेका कार्ययोजनाहरुलाई सफलताका साथ सम्पन्न गर्न आफुले पुन अध्यक्षमा उम्मेदवार दिएको बताउनुभएको छ ।

बरंजाको ऐतिहाँसिक महत्व बोकेको चिनाकोट दरवार, झाँक्रिपानी, मालिका मन्दिर, लगायतका धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय स्थलहरुमा आधारभूत पूर्वाधार निर्माण गरिएकाले त्यसक्षेत्रको विकासमा थप पूर्वाधार निर्माण गर्न तथा वडा नं ३ का जनताहरुलाई सुखि बनाउनका लागि आवश्यक कार्यक्रम तथा योजनाहरु लिएर अगाडि सरेको रोकाले बताउनुभयो ।

जनताको सेवा र गाउँको विकास आफ्नो प्रमुख एजेन्डा रहेको पनि रोकाको भनाई छ । उम्मेदवार चयन भएसंगै चुनावी प्रचारको अभियान लिएर घरदैलो अभियानलाई संचालन गर्न लागिएको रोकाले बताउनुभयो ।

१ मतदान स्थल र ३ मतदान केन्द्र रहेको मंगला ३ मा दुई हजार ६१५ मतदाता रहेका छन । वडा नम्वर ३ मा यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए ।

You can share this post!

पुर्व प्रअ र उत्कृष्ट दुई विद्यार्थी नगद सहित सम्मानित

एमालेले घतानमा मन बहादुर खड्कालाई उम्मेदवार बनाउने

Related posts