५९ कैदीबन्दीमा कोरोना

सिरहमा बुधाबार ५९ जन कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएको मध्य ५९ कैदीबन्दी सहित ७ सैनीक र एक जना मिर्चैया नगरपालिकाका स्थानियमा गरि ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सिरहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पोजिटिभ रिपोर्ट आएको सिरहा जिल्ला स्वाथ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनु भयो ।
यससँगै सिरहमा सक्रिय संक्रिमितको संख्या २ सय ६५ पुगेको छ । पछिल्लो ३ दिनमा मात्रै सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । हाल सम्म सिरहामा ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् भने १० जनाको कोरोनाले मृत्यू भइसकेको छ । २ सय ५ बेडको आइसोलेसन रहेको सिरहामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिसकेका कारण संक्रमित थपिँदै जदाँ आइसोलेसन बेडको अभाव हुने जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ ।
कान्तिपुर बाट

You can share this post!

हजार शब्द ;– हिरा शर्मा, संर्घष

आएका १२ जनामा १ जना मात्र कोरोना पोजेटिभ

Related posts