म्याग्दी । दक्षिण कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा दुर्गा भण्डारी चयन हुनुभएको छ । शनिवार सम्पन्न चौधौ अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।
समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ, रिम भण्डारी, मनिष गौचन र कुमार केसी चयन हुनुभएको छ । महिला उपाध्यक्षमा हेमा राना केसी, महासचिबमा दिनेश कार्की, सचिबमा सुशील भण्डारी, कोषाध्यक्षमा राहुल छन्त्याल, सह कोषाध्यक्षमा ज्ञान बहादुर छन्त्याल र महिला संयोजकमा संजिता गुरुङ चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा पुरन बनियाँ, अंकित शेरपुन्जा, प्रेम भण्डारी, प्रकाश के सी, तिलक छन्त्याल, कविता गुरुङ, भावना मगर, देबी थापा, नारायण घर्तिमगर, अर्जुन खड्का, कविता गर्बुजा पुन लगायत रहनुभएको छ ।
संस्थाका अध्यक्ष सुनेश केसीको अध्यक्षतामा भएको अधिवेशनको सस्थाका संरक्षक ओम नारायण जुग्जालीले उद्घाटन गर्नुभएको थियो । मोना कोरियाले दक्षिण कोरियामा रहेका म्याग्देलीहरुलाई एकताबद्ध गर्दै त्यहाँ आइपर्ने समस्याहरुमा सहजीकरण गर्दै आएको छ भने जिल्लामा आईपर्ने विभिन्न विपत तथा सामाजिक कार्यहरुमा हातमालो गर्दै आएको छ ।