बेनीमा पौष ६ गते देखि चौथो उत्साही कप फुटबल प्रतियोगिता आयोजना हुने

म्याग्दी । नव उत्साही समुह पर्वत बेनीको आयोजनामा चौँथो उत्साही ठ ब् साइड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । आगामी पौष ६ गतेदेखि ९ गतेसम्म बेनीको खुल्लामञ्चमा प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगितामा प्रथम पुरस्कार ८८ हजार ८ सय ८८ ट्रफि मेडल र प्रमाणपत्र र द्वित्तिय पुरस्कार ४४ हजार ४ सय ४४ ट्रफि मेडल र प्रमाणपत्र रहेको खेल संयोजक स्वदेश श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा अनुशासित टिमलाई ८ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई २ हजार २ सय २२ र ट्रफि पुरस्कार प्रदान गरिने भएको छ ।

खेलाडीहरुले पौष ५ गते साँझ ६ बजे सम्म नामदर्ता गर्न सक्नेछन । स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको समुहका सचिव राजकुमार परियारले बताउनुभयो । नव उत्साही समुहले यस अघिका तीन संस्करणका खेलहरु भव्यताका साथ सम्पन्न गरेको छ ।

प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरि तयारी थालिएको छ । आर्थिक संकलन तथा अन्य व्यवस्थापनका कार्य सुरु गरिएको समुहका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

खेल संचालनका लागि पाँच लाख खर्च हुने अुनमान गरिएको छ । खुल्ला रुपमा संचालन हुने प्रतियोगितामा करिव ४० टिमको सहभागिता रहने समुहले जनाएको छ । बर्षेनी आयोजना हुने प्रतियोगिता अघिल्ला बर्षमा कोभिडका कारण रोकिएको थियो । फुटबल लगायतका खेलकुदको विकास संगै सामाजिक गतिविधिमा समेत समुहले सक्रिय सहभागिता जनाउदै आएको छ ।

 

You can share this post!

गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका ‘प्रकाश’ सहितको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

बेनीमा कानुनी साक्षरता एवं आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम

Related posts