खेलकुद महासंघको जिल्ला अधिवेशन आगामी भदौ २५ मा हुने

म्याग्दी । नेपाल खेलकुद महासंघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन आगामी भदौ २५ गते बेनीमा आयोजना हुने भएको छ । विहिबार बेनीमा आयोजित जिल्ला भेलाले अधिवेशनको मिति तय गरेको हो । भेलाले सविस चोखालको संयोजकत्वमा २१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

कमिटीको सह–संयोजकमा योगिन्द्र रोका, सचिवमा कृष्ण कार्की, उपसचिवमा साजन थकाली, कोषाध्यक्षमा सुजता पुनलाई चयन गरेको छ ।  त्यस्तै सदस्यहरुमा सन्दिप हमाल, मनोज गौतम, विकास बानियाँ, सुमन बानियाँ, सचित थापा मगर, बेनी केसी, अप्सन रामजाली, विकास मल्ल, रेविना घर्ती, जेनिसा पुन, सस्मिता तिलिजा, क्याममाया पुर्जा, तेन्जिङ केसी, नविन पुन, टोचन फगामी र आयुष भण्डारी रहनुभएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

भेलाले आगामी असोज मसान्त भित्र अन्तर पालिका स्तरीय भलिवल प्रतियोगीता आयोजन गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि महासंघका पदाधिकारी, भलिबल संयोजक, पालिका कमिटीका संयोजक सम्मिलित भलिबल खेल तयारी समिति समेत गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले खेलकुदले राष्ट्रको पहिचान बोक्ने सामथ्र्य राख्ने भएकोले सरकारले खेलक्षेत्रको विकासका लागि यथेष्ट लगानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश खेलकुद महासंघका अध्यक्ष विष्णु गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव तथा जनसंगठन विभाग प्रमुख थमसरा पुन, अन्नपूर्ण गाउँपालिका अध्यक्ष धन पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघका महासचिव कुमार किसान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम महासंघ म्याग्दीका संयोजक चोखालको अध्यक्षता र राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका सचिव राजकुमार परियारको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

अन्नपूर्णको महभिरमा गाँजा फँडानी

महेश अभिनित चलचित्र चपलिहाइट पुनः प्रदर्शन हुदै

Related posts