बेनी अस्पताल परिसरभित्र करेन्ट लागेर मरे दुई पशुचौपाया

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा करेन्ट लागेर दुईवटा गाईको बाच्छा मरेको छ । बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा खुल्ला छोडिएको तारमा टाँसिएपछि करेन्ट लागेर गाईको बाच्छा मरेको स्थानीयबासी खिमा पूर्जाले बताउनुभयो ।

अस्पताल परिसरमा तार पड्किएको अवस्थामा चरणमा रहेका बाच्छालाई करेन्ट लागेको विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले जनाएको छ ।

अस्पताल परिसरभित्र करेन्ट प्रवाह भएर पशुचौपाया मरेपछि आसपासका क्षेत्रमा विद्युत चुहावट रहेको हुनसक्ने भन्दै स्थानीयले विद्युत प्राधिकरणको ध्यानार्कषण गराएका छन् ।

बाच्छा मरेको नजिकै काटिएको अवस्थामा तार भेटिएको थियो । पछिल्लो समय बेनीको ब्यस्त सडकमै तार पड्किने समस्या देखिएको छ ।

You can share this post!

म्याग्दीलाई हिमाली जिल्लाको सेवासुविधा दिन सांसद थापाको माग

जन्मदिनमा पोर्चुगलबाट म्याग्दी बालगृहका बालबालिकालाई सहयोग

Related posts