म्याग्दी । डिभिजन वन कार्यालय म्याग्दीले विहिवार देखि विभिन्न प्रजातीका बिरुवाहरु बितरण शुरु गरेको छ ।
सर्वसाधारणहरुबाट माग भई आएका फलफूल,जडीवुटी,घाँस र काठ प्रजातीका विरुवाहरु निशुल्क रुपमा वितरण गर्न सुरु गरेको वन कार्यालयले जनाएको छ ।
विभिन्न प्रजातीका विरुवाहरु गरेर यो वर्ष वन कार्यालयले करिब ६० हजार विरुवा वितरण गर्ने जनाएको छ ।
वन अधिकृत मनोज रानाभाटले दिएको जानकारी अनुसार फलफुलका विरुवा ७९५०,ओखर १०००,घाँस र काठ प्रजातीका विरुव १२ हजार,कल्की,चाप,गुल्महरका विरुवा ५६६७ वटा विरुवा वितरण सुरु गरिएको छ ।
विरुवा लिन जिल्लाका ६वटै स्थानीय तहका सर्वसाधरणहरु आएको वन कार्यालयले जनाएको छ ।