अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन आगामी भदौमा

म्याग्दी । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २० औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीका संयोजक दर्पण रोका मगरको अध्यक्षतामा बुधबार बसेको सचिवालय कमिटीको बैठकले सम्मेलनको मिति तय गरेको हो । सम्मेलनको तयारीमा लाग्न मातहतका कमिटीलाई आग्रह गरेको छ ।

बैठकले सदस्यता वितरण लाई निरन्तरता दिने निर्णय गरको छ । १०१ सदस्यीय बिपद ब्यबस्थापन समिती गठन गरेको अनेरास्ववियुका सचिव मिलन खत्रीले बताउनुभयो । अखिलको विपत व्यवस्थापनको टिमलाई वर्षाका समयमा आउन सक्ने प्राकृतिक प्रकोपमा उद्धार तथा सहयोग गर्ने गरि तयारी अवस्थामा राखिने सचिव खत्रीको भनाई छ ।

बैठकमा नेकपा एमाले जिल्ला गण्डकी प्रदेश कमिटी सचीवालय सदस्य हरिकृष्ण श्रेष्ठ , नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी , नेकपा एमाले जिल्ला कमिटी म्याग्दीकी उपसचिव एवं जनबर्गिय संगठन बिभाग प्रमुख थमसरा पुन मगर , अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबं नेकपा एमाले नगर कमिटी सचीव सुवास बिश्वकर्मा लगायत अन्य नेताहरुको उपस्थित रहेको थियो ।

सम्मेलनलाई अनेरास्ववियुका केन्द्रिय स्तरका नेता तथा जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय गरिने अनेरास्ववियुले जनाएको छ ।

साथै वैठकले अनेरास्ववियु कपिलवस्तुकी जिल्ला सदस्य हाल बेनी नगरपालिका ६ चुत्रेनी निवासी सुनिता वेल्वासेलाई जिल्ला सदस्यमा मनोनयन गरेको छ ।

वैठकमा कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख समिर रोका र अनेरास्ववियु वाग्लुङकी सचिवालय सदस्य अमृता जिसी हालै मात्र वैवाहिक जीवनमा वाँधिनुभएकोमा सम्मान सहित बधाई ज्ञापन समेत गरिएको थियो ।

You can share this post!

म्याग्दीमा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ मनाइयो, कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङसम्बन्धी भिआइए परीक्षण

Related posts