पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल(मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो । अनलाईन खवरबाट

You can share this post!

मालिकाको आगामी आर्थिक वर्षको बजेट ४८ करोड १८ लाख ३६ हजार

छाडा पुश व्यवस्थापनमा जुट्यो बेनी नगरपालिका

Related posts