बुकुखोला जलविद्युत आयोजना निर्माण हुनेः म्याग्दीबासीले पनि लगानी गर्न सक्ने

म्याग्दी । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ ।

एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएका म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शेयर रुपमा लगानी जुटाउन लागिएको हो ।

ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको वडानम्वर ७ रहेको बुकुखोलामा ६ मेगावाटको बुकुखोला जलविद्युत आयोजना निर्माण हुन लागेको छ ।

‘‘दुईबर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यसहित आगामी मंसिरदेखि विद्युतको पुर्वाधार निर्माण कार्य सुरु हुनेछ’’, श्रेष्ठले भन्नुभयो – ‘१ अर्व १० करोडको लगानीमा सम्पन्न हुने आयोजनामा ७० प्रतिशत सिभिल बैंकको र ३० प्रतिशत संचालक तथा सर्वसाधरण समेतको लगानी हुनेछ ।

विद्युत उत्पादन अनुमति प्राप्त गरेको आयोजनाले ‘सडक पहुँच पु¥याउने र जग्गा ब्यवस्थापनको काम अघि बढाएको छ ।

आगामी मंसिरदेखि काम सुरु गर्ने लक्ष्यसहित आयोजनाको संरचना निर्माणको काम सुरु गर्न ठेकेदार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

‘दुइकिलोमिटर पाईपबाट पानी लिएर २७२ मिटर उचाईबाट पानी झारेर विद्युत उत्पादन गरिने छ । आयोनजनाबाट उत्पादन भएको विद्युत गरज्याङ सवस्टेशनमा जेडिनेछ ।’

यस संस्थाको अध्यक्ष ऐन्जटेन्जी शेर्पा हुनुहुन्छ । यस संस्थाका संचालक सदस्यहरुको नेतृत्वमा अन्य जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसक्नुभएको छ ।

यस आयोजनामा शेयर लगानी गर्ने इच्छुक ब्यक्तिहरुले यही असार मसान्तभित्र पहिलो किस्ता जम्मा गरिसक्नुपर्ने छ । उक्त लगानीको लागि संचालक सदस्य प्रमोद श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

You can share this post!

म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनः ११ बुँदे बेनी घोषणापत्र जारी

बाँझो जग्गा उपयोगमा ल्याउन घरेलु उद्योग महासंघको माग

Related posts