बेनी अस्पतालमा उपचारको लागि आउने विरामीको संख्यामा ह्वात्तै कमी

बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टि भए सँगै अस्पतालमा उपचारका लागि आउने विरामीको सँख्यामा ह्वात्तै कमी आएको छ । असोज २६ गते अस्पतालको ओपिडी कक्षमा उपचारका लागि पुगेका बिरामीमा कोरोना पुष्टी भए लगत्तै कन्ट्रयाक्ट ट्रेसिङमा परेका र घर विदामा पोखरा गएका एक डाक्टरमा कोरोना संक्रमण देखिए पछि अस्पतालमा आउने विरामीको सँख्यामा ह्वात्तै कमी आएको हो ।
पछिल्लो तिनदिन देखि अस्पतालमा चेकअप गर्न आउने विरामीको संख्या मै कमी आएको छ र सबै भन्दा बढी आज मंगलबारमा कमी आएको अस्पताल ब्यवस्थापन समिती म्याग्दीका अध्यक्ष बेल बाहादुर कटुवालले बताउनु भयो । आइतबार देखि मंगलबार सम्मको अस्पतालमा चेकअपका लागि आउने विरामीको तथ्यंक हेर्दा आधा बन्दा बढी विरामीको संख्यामा कमि आएको हो । आईतबार र सोमबारका तुलनामा मंगलबार झनै कमी विरामी आएका छन् । आतबार एक सय १९, सोमबार एक सय ९ र मंगलबार जम्मा ७५ जना विरामीहरु मात्रै अस्पतालमा स्वाथ्य चेकअपका लागि पुगेको नाम दार्ता कक्षमा कार्यरत कम्युटर अपरेटर लिला सुवेदीले बताउनु भयो ।
सोमबार अस्पतालका एक डाक्टरमा कोरोना पुष्टी भए पछि अस्पतालमा जोखिम बढे सँगै विरामीहरु कम आएका हुन् ब्यवस्थापन समितीका अध्यक्ष कटुवालले बताउनु भयो । अत्यावश्यक बाहेक अन्य समयममा अस्पतालमा कोरोना जोखीम बढेको भन्दै नआउन अस्पताल ब्यवस्थापन समितीले अनुरोध गरेको छ । कोरोना पोजेटिभ आएकाको कन्ट्रक्याक्ट ट्रेसिङ गरी कन्ट्रक्याक्ट ट्रेसिङमा परेकालाई होम क्वारेन्टाइनमा राखेर अन्य स्वाथ्यकर्मी मार्फत सबै सेवाहरु अस्पतालले सञ्चालन गरीरहेको छ । ५० बेडको स्विकृत भएको वेनी अस्पतालमा प्रविधीक कारणले ३५ वेड सम्म विरामीहरु भर्ना गरेर उपचार गरीन्छ तर कोभिड कै कारण हाल जम्मा ८ जना विरामी हरु मात्रै भर्नामा रहेर उपचार गराई रहेका छन् ।
अन्य समयमा विरामीको चाप हुने ईन्डोर र ईमरजेन्सी कक्ष अहिले सुनसान जस्तै अवस्थामा रहेका छन् । अहिले बिरामीको सँख्या कम मात्रामा आएका कारण अस्पतालमा खासै चाप नभएको कटुवालले बताउनु भयो । अस्पतालले उपचारका लागि आउने विरामीहरुमा कोरोनाको लक्षण देखिएमा अस्पतालमा रहेको प्री आईसोलेसनमा राखेर उपचार गरि पिसीआर रिपोर्ट आएपछी मात्रै थप उपचार प्रक्रीया अगाडि बाढाई रहेको छ ।

You can share this post!

बेनी अस्पतालका एक चिकीत्सकमा कोरोना पुष्टि

अन्य जिल्ला सरह म्याग्दीलाइ पनि सुविधा हुन्छः मन्त्री गुरुङ

Related posts