रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको मनोनयन दर्ता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन । निर्वाचित हुने ६ जना सदस्यका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका १ जनाले मनोनय दर्ता गरेका हुन् ।

रघुगंगामा महिलातर्फ ४ र दलित वा अल्पसंख्यकबाट २ जना कार्यपालिका सदस्य निर्वाचित हुदैछन् । महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेका आईती दर्जी, उमादेवी केसी, रसिला परियार, जयन्ती मल्ल भण्डारी, कांग्रेसकी कुमारी पुर्जा गर्वुजा, धनमाया गोतामे, प्रिति गर्वुजा र सोमिता पुनले मनोनयन दर्ता गर्नुभएको छ ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका कल्पना परियार, फुलकुमारी दमाई, कांग्रेसका रिमबहादुर बिक, सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जीले मनोनयन दर्ता गर्नुभएको छ ।

रघुगंगामा नेपाली कांग्रेसका अध्यक्ष, उपाध्यक्ष र ५ जना वडा अध्यक्ष सहित २७ जना र नेकपा एमालेको तीन वडा अध्यक्षहित १५ जना मतदाता छन् ।

You can share this post!

बेनी नगरको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी दर्ता

मालिकाको कार्यपालिकामा ८ सदस्य सहित एमालेको बहुमत

Related posts