बेनी नगरको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी दर्ता

म्याग्दी । बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् ।

नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका ५ जना, नेकपा माओवादी केन्द्रका २ जना र नेकपा एकीकृत समाजबादीका १ जनाले मनोनय दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । दलित वा अल्पसंख्यकतर्फ एमालेका भोजबहादुर थापा, सुनिता बोहोरा, सुवास बि।क।, कांग्रेसका मनकुमारी बिक, माओवादीका किसान विश्वकर्मा र नेकपा एकीकृत समाजबादीका कृष्णकुमार विश्वकर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

महिलातर्फ एमालेकी जानका वि।क।, जानकी शर्मा, दुर्गाकुमारी शर्मा, नरु थजाली, निर्मला शर्मा सापकोटा, नेपाली कांग्रेसका निर्मला मल्ल, बबिता सापकोटा, सुजाता किसान, सृजना श्रेष्ठ र नेकपा माओवादी केन्द्रका मिनाकुमारी कार्कीले मनोनयन दर्ता गर्नुभएको छ।

बेनी नगरपालिकामा नेकपा एमालेका नगरप्रमुखसहित २३ जना, नेकपा माओवादी केन्द्रका उपप्रमुखसहित १५ जना र नेपाली कांग्रेसको १४ जना मतदाता छन् । बेनीको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले ८ जना मध्य एक सिट नेकपा एकीकृतलाई दिएर तालमेल गरेका छन् । गठबन्धनको पक्षमा २९ मत छ ।

You can share this post!

मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको मनोनयन दर्ता

Related posts