अन्नपूर्ण –४ नारच्याङमा नेपाली काँग्रेस विजयी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । बुधबार साँझ सम्पन्न मतगणना अनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार लोक बहादुर फगामीले ६०६ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तेज गुरुङले ४०१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महिला सदस्यमा यामकुमारी सन्तजा, दलित महिला सदस्यमा सुकमाया विक, खुल्ला सदस्यमा श्याम पूर्जा र भिम बहादुर शेरपुन्जा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सुरन शर्मा पौडेलले जानकारी दिनुभयो ।

नारच्याङबाट पालिका अध्यक्षमा सूर्यमा ४०८, रुखमा ५९२, भालेमा ८ र हलोमा २ मत प्राप्त भएको छ । त्यस्तै उपाध्यक्षमा सूर्यमा ४१०, रुखमा ५८६ र भालेमा ६ मत प्राप्त भएको बताईएको छ ।

You can share this post!

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले लिए शपथग्रहण (तस्विरसहित)

अन्नपूर्ण –५ शिखमा नेपाली काँग्रेसका राजेश तिलिजा विजयी

Related posts