अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित भएको छ । शनिबार देखि जारी मतगणनाको क्रममा वडा नम्वर ३ दानाको मतपरिणाममा चित्त नबुझेको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले फेरी मतगणना गर्न माग गर्नुभएको थियो ।

नेपाली काँग्रेसले पुनः मतगणनाको माग राख्दै निर्वाचन आयोगमा निवेदन हालेपछि मतगणना स्थगित भएको हो । वडा नम्वर ३ दानामा आइतवार विहान नेकपा एमालेका अध्यक्ष सहित प्यानल नै विजय भएको घोषणा गरिएको थियो ।

निवेदन परेपछि दुवै पार्टीका नेताहरुको उपस्थितिमा विवाद सुल्झाउन खोजेपनि टुङ्गो नलागेपछि मतगणना नै स्थगित भएको हो ।

निर्वाचन अधिकृत जानुका सुवेदीले निवेदन माथि निर्वाचन आयोगले जसरी सम्वोधन गर्छ त्यही अनुसार अगाडि बढ्ने बताउनुभयो ।

उहाँले आयोगको निर्णय आएपछि मात्रै मतगणना सुचारु हुने बताउनुभएको छ । यता नेकपा एमालेले भने मतगणनामा कुनैपनि धाँधली नभएको बताएको छ ।

You can share this post!

मालिका –७ विममा एमालेको प्यानल विजयी

धवलागिरी–३ मुनामा काँग्रेसका रोका विजयी

Related posts