मंगला –२ मा अध्यक्ष धन बहादुर खाती सहित एमालेको प्यानल विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा धन बहादुर खाती क्षेत्री ले ९०० मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका श्रीराम पौडेलले ८४३, नेकपा माओवादीका कुल प्रसाद पुनले १९८ र राप्रपाको विनोद केसीले ५६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेबाट महिला सदस्यमा सरस्वति भट्टराईले ९२८, दलित महिला सदस्य धनकुमारी किसानले ९२२, खुल्ला सदस्य जग बहादुर पुर्जाले ८६७ र खुल्ला सदस्य तिल कुमारी खत्रीले ८६२ मत प्राप्त गरि विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

त्यस्तै पालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले ९७९, काँग्रेसका विरेन्द्र बुढाथोकीले ७३८, माओवादीका टेक बहादुर विश्वकर्माले २३९, राप्रपाका योगेन्द्रमान गौचनले ४३ र मंगोलका गिरु रोकाले २ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेका पेमा अधिकारीले १०८३, काँग्रेसका शर्मिला थापाले ६८२, माओवादीका सुकमाया रोकाले १६७ र राप्रपाका विन्दु मल्लले ५६ मत प्राप्त गर्नुभएको ढुङ्गानाले जानकारी दिनुभएको छ । प्यानलनै जित हाँसिल गरेपछि एमालेले वडा नम्वर १ र २ ले बाबियाचौरमा खुसियाली मनाएको छ ।

 

You can share this post!

बेनपा –१ मा एमाले विजयीः नगर प्रमुखमा १ सय ५३ मतले केसीको अग्रता

धवलागिरी –२ को अध्यक्षमा एमालेका विक विजयी

Related posts