मृगौला पीडित कृष्ण रिजाल लाई आर्थिक आभवका कारण उपचारमा कठिनाई

काठमाडौं । अर्घाखाँचीका मृगौला विरामी कृष्णा प्रसाद रिजालले उपचार गर्न आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेका छन् ।

केही महिनादेखि दुवै मृगौला फेल भएका रिजाल अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा नियमित डायलाइसिस गराई रहेका छन् । तर, थप उपचार गर्न आर्थिक अभाव भएको कारण सहयोग माग्नु परेको उनको भनाइ छ ।

४२ बर्षिय रिजालको घर मालरानी ४, अर्घाखाँची हो । उनको घरको आर्थिक अवस्था निकै कम्जोर रहेको बताइएको छ ।

सहयोग गर्न चाहानु हुने व्यक्तिले उनको श्रीमतीको बैंक खातामा रकम गर्न सक्नेछन् । यसबारे श्रमती रिता पोख्रेलको नम्बर ९८४०१९२२०७ र भतिज सागर रिजालको ९८६१५९८४७८ नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिने छ ।

खाताको विवरण
ग्लोबल आईएमई बैंक
खाता वालाको नामः रिता पोख्रेल
खाता नम्बरः ४९०७०१०००६०९३

You can share this post!

शिख माविका शिक्षक घिमिरेलाई बिदाई

रघुगंगामा अध्यक्षका उम्मेदवार भण्डारी बिरुद्ध परेको उजुरी खारेज

Related posts