बेनी बजारका एक सहकारी म्यानेजर र अस्पतालमा उपचाररत एकमा कोरोना पुष्टि

जलजला गाउँपालिका ३ बस्ने ४३ बर्षका बेनी बजारमा सञ्चालनमा रहेको एक सहकारीका म्यानेजर र बेनी अस्पतालमा उपचाररत रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेको रघुगंगा हाईड्रो पावरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । उनि सँगै बाँकी २ जनामा क्वारेन्टाइनमा रहेका नेपाली सेनामा कार्यरत २४ वर्षीय एक र क्वारेन्टाइनमा बसेकी मंगला गाउँपालिका एक कि २८ बर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका उक्त पुरुष जलजला गाउँपालिकाकाबाट बेनी अस्पतालमा स्वाब दिनका लागि आएका थिए भने हाइड्रोपावरमा काम गर्ने कर्मचारी अस्पतालमा नै रहेको प्री आईसोलेसनमा बसेर उपचार गरिरहेका थिए । यो सँगै बेनी अस्पताल पनि पछिल्लो समय जोखीम बन्दै गएको छ । उनीहरु दुवै जनासँग पहिलो पटक संम्पर्कमा आएका स्वाथ्यकर्मीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

You can share this post!

ग्यास विस्फोटमा म्याग्दीका केसी सहित ११ जना घाइते केसीकाे चिरायु अस्पतालमा उपचार हुँदै

कन्ट्रक्याक्ट ट्रेसिङमा परेका मंगलघाटका सबैको पिसीआर रिपोर्ट नेगेटिभ

Related posts