माओबादीले किसान बिश्वकर्मालाई बेनपा ८ को वडा अध्यक्षको उम्मेदवार बनाउने

बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटीको बैठकले माओवादीको बेनी नगर कमिटी सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले जानकारी दिनुभयो ।

वडा  कमिटिका अध्यक्ष मोहन बरुवालले वडा सदस्यका अन्य चार जना सदस्यहरु पनि केही दिनमै टुङ्गो लगाउने बताउनुभयो । २०६२ देखि माओवादी पार्टीमा आवद्ध विक हाल वाइसीएलको बेनी नगर इञ्चार्ज हुनुहुन्छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले १० भन्दा बढी वडामा अध्यक्षका उम्मेदवार टुङ्गो लगाईसकेको छ ।

बेनपा–१ मा निशान थापा, ३ मा पदम पुन, ४ मा भगवान खड्का, मालिका गाउँपालिका १ मा तिलक पुन, ३ मा मोतिप्रसाद बुढा, धवलागिरी गाउँपालिका ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका ४ मा रेशम पुन, मालिका ७ बिममा रुविन जुग्जाली, धवलागिरी ७ ताकममा अशोक खत्री र अन्नपुर्ण गाउँपालिका २ मा ओमप्रसाद फगामीलाई लाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको नेकपा मोओबादी केन्द्रले जनाएको छ ।

You can share this post!

मराङको बुलमा गाडि पुग्दा स्थानीय हर्षित

रघुगंगाको बिशेष गाउँसभाबाट ऐन, कार्यविधि र नियमावली पारित

Related posts