पुलाचौरको कुमाल्डीमा काँग्रेसको क्षेत्रीय आमसभा

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले ‘घर घर–जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत शनिबार पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आम सभाको आयोजना गरेको छ ।

स्थानीय चुनावलाई लक्षित गरेर बेनपा–४, ५ र ६ वडाले संयुक्त रुपमा आयोजना गरेको आमसभामा सम्बोधन गदैं नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्काले स्थानीय तहको निर्वाचनमा महिलाले प्रमुख पदको उम्मेदवारीमा दावी गर्नुपर्ने बताउनुभयो ।

उहाँले वडा,पालिका र नगरस्तरमा महिलाले आफ्नो उम्मेदवारीसँगै कांग्रेसलाई जिताउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । सभामा संविधानसभा सदस्य एवम् पूर्व सभापति रेशमबहादुर बानियाँले स्थानीय तहमा कांग्रेसलाई बिजय बनाउन जनताको घरदैलोमा पुगेर काँग्रेसको बर्चश्व कायम हुने गरी अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

सभामा गण्डकी प्रदेश सदस्य अमृतदेवी बानियाँ, जिल्ला उपसभापति केबी भण्डारी, प्रदेश नं १ का क्षत्रिय सभापति ओम छन्त्याल, पूर्व सहसभापति नेत्रबहादुर महत, पूर्व उपसभापति माधबप्रसाद रेग्मी, पूर्व सचिव मिनबहादुर कार्की लगायले बोल्नुभएको थियो ।

सोही अवसरमा जमुना पौडेलको अध्यक्षतामा महिला संघ समेत गठन गरिएको थियो । वडा नं ५ का वडा सभापति याम बानियाँको अध्यक्षता, वडा नं ६ का सभापति जीवनप्रसाद पौडेलको स्वागत र वडा नं ४ का सभापति सुमन बानियाँको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकालाई सदस्यता वितरण गरिएको थियो ।

यसैबीच जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीको डोले र बेनपा ९ तोरीपानीमा समेत वडास्तरीय सभा सम्पन्न भएको छ । कांग्रेसले एकसाताभित्र उम्मेदवार टुंगो लगाउने जनाएको छ ।

 

 

You can share this post!

एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेक बहादुर थापा मगर

बेनपा ६ मा एमालेबाट कृष्णसिंह बानियाँ वडा अध्यक्षको उम्मेदवार

Related posts