म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका ४ ओखरबोटको वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो दल भएको छ ।
सोमबार बसेको वडा कमिटीको वैठकले रेशमबहादुर पुनलाई आगामी स्थानीय तहको निर्वाचनमा सर्वसम्मत रुपमा वडा अध्यक्ष पदका लागि उम्मेदवार छनौंट गरेको जिल्ला संयोजक रेशम जुगजालीले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । नेकपा एमाले र काँग्रेसले अहिले सम्म कुनै पनि वडा तहमा उम्मेदवारको टुंगो लगाएका छैनन् ।