नेकपा सचेतक चौधरी आईसीयुमा

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा राखेर उपचार शुरु गरीएको छ । उनको सचिवालयका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयुमा सारिएको हो । चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
१९ असोजमा कोरोना पुष्टि भएपछि उनले आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरिदिन आग्रह गरेकी थिइन् । शान्ता स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनलाई २०७१ सालमा स्तन क्यान्सर पनि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचारपछि उनले क्यान्सर जितेकी थिइन् ।

You can share this post!

धरहरा पुननिर्माणको समय नौ महिना थपियो

फाेटो खिच्ने प्रतियोगितामा बानियाँ प्रथम

Related posts