म्याग्दीकाे देविस्थानकी एक महिलामा काेराेना संक्रमण समुदाय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने

म्याग्दीमा पनि समुदाय स्तरमा कोरोना संक्रमण भएको  अासंका गरिएकाे छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोक घर भएकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै म्याग्दीमा समेत समुदाय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने असांका गिरएकाे हाे । विभिन्न अस्पताल हुँदै हाल पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेकी ३५ बर्षको महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
महिलामा संक्रमण भेटिए सँगै संक्रमित र संक्रमितका परिवारको कन्ट्रयाक ट्रेसिङ शुरु गरिने जनसन्देश सँग स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले बताउनु भयो ।

You can share this post!

बाहिरी जिल्ला बाट भित्रिनेको संख्या बढे सँगै म्याग्दीमा कोरोनाको जोखिम बढ्यो

म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण

Related posts