नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडितलाई राहत वितरण गरेकाे छ । नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरको पहलमा दग्नामका बाढी पहिरो पिडित २४ घरपरिवारलाई चार भागमा विभाजन गरेर राहत वितरण गरिएको दग्नामका नेपाली कांग्रेस म्याग्दीले जानएकाे छ ।
क, ख, ग र घ बर्गमा विभाजन गरि बाढी पहिरो पीडितलाई क्रमशः दश हजार पाँच सय, छ हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । उक्त राहत वितरण गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष एक बहादुर गर्बुजाको उपस्थितीमा वितरण गरिएको थियो ।