म्याग्दीको दरवाङमा स्वरोजगारमूलक तालिम सुरु

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा किचन हेल्फर (कुकिङ) सम्वन्धी स्वरोजगार मूलक तालिम सुरु भएको छ ।

धवलागिरी प्राविधिक शिक्षालय मुस्ताङले शिक्षालयले सिटिईभिटि र बैदेशिक रोजगार बोर्डको आर्थिक सहयोग तथा मालिका गाउँपालिकाको समन्वयमा एक सय साठी घण्टा अवधिको निशुल्क तालिम संचालन गरेको हो ।

३२ दिन सम्म संचालन हुने तालिममा विस जना सहभागी भएका छन । महिला, दलित, विपन्न वर्ग, जनजाति, हाल होटल संचालन गरिरहेका र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई तालिममा सहभागी गराईएको छ ।

तालिमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सिप बिकास सम्वन्धि तालिमले स्वरोजगार बन्नका लागि सहयोग पुग्ने बताउनुभयो । सिप सिकेका हरुलाई नेपालमा वा विदेशमा पनि अवसरहरु प्राप्त हुने भन्दै उपाध्यक्ष बिटालुले तालिममा सक्रियताका साथ सहभागी भई सिप आर्जन गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

तालिममा चाईनिज, ईन्डियन र कन्टिनेन्टल परिकारहरु बनाउने सम्वन्धि प्रशिक्षण दिइने धवलागिरी प्राविधिक शिक्षालय लेते मुस्ताङका कार्यक्रम संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।

तालिम पश्चात राष्ट्रिय सिप परिक्षण समितिबाट सिप परिक्षण गराईने र नजिकको स्थानीय बजार तथा नेपालका जुनसुकै ठाउँमा पनि रोजगारीको अवसर हुन सक्ने उहाँले बताउनुभयो ।

तालिममा विस प्रतिशत सैद्धान्तिक र असी प्रतिशत व्यबहारिक ज्ञान सिकाईने छ । आफै होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गरेर बस्न सक्ने सिप तालिमबाट प्राप्त गर्न सकिने संयोजक गौतमले बताउनुभयो ।

तालिमको उद्घाटन कार्यक्रम मालिका गाउँपालिका वडा नं ६ का अध्यक्ष सन्तोस सुवेदीको अध्यक्षता, गाउँपालिकाका उपाध्यक्ष बिटालुको प्रमुख आतिथ्यता र हिमाल गेष्ट हाउसका संचालक अमृत सापकोटाको संचालनमा सम्पन्न भएको थियो । तालिम दरवाङ स्थित हिमाल गेष्ट हाउसमा संचालन भएको छ ।

You can share this post!

गलेश्वर माविमा लोक नृत्य प्रतियोगीता आयोजना हुने

स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

Related posts