जन्मदिनको अवसरमा मृगौला पिडित जुग्जाली र कैदीबन्दी लाई ५० हजार सहयोग

भोजभतेरमा फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढी रहेको बेला म्याग्दीका एक सफल व्यवासायीले मृगौला पिडित र कैदीबन्दीलाई सहयोग गरेर जन्मदीन मनाउनु भएको छ । ४२ औं जन्मदिनको अवसरमा निमार्ण व्यवसायी संघ म्याग्दी र गंगा जिसी फाउनडेशन म्याग्दीका अध्यक्ष नारायण जिसीले धौवलागिरी गाउँपालिका ६ रिख मराङका बाढी पहिरो तथा मृगौला पिडीत धनबहादुर जुग्जाली र काराघारमा रहेका कैदी बन्दिहरु लाई नगद रु २५/२५ हजार गरी ५० हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।


पोखरामा बसेर उपचार गरि रहेका जुग्जाली मृगौला पिडीत सँगै बाढी पिडित पनि हुन् । उनले २५ गते राति श्रीमति सहित २ छोरी गुमाएका छन् । श्रीमति र दुई छोरी भित्र सुतेको र ५ बर्षको छोरा सहित एक छोरी बाहिर सुतेको अवस्थामा एक्कासी पहिरो आए पछि ५ बर्षका छोरा र छोरी बचाउन सफल भए पनि श्रीमति र दुई छोरी लाई जुग्जालीले गुमाउन परेको हो । हाल पोखरामा बसेर ५ बर्षका छोरा र एक छोरी सहित उपचार गराई रहेको थाहा पाएपछि जिसीले जन्मदिनको अवसरमा उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जुग्जाली लाई र कैदीबन्दीलाई आउँदै गरेको दशैं तिहारमा केही भए पनि मिठो मसिनो खानका लागि सहयोग होस् भन्ने उद्देश्य राखेर सहयोग गरेको जिसीले बताउनु भयो । सफल व्यवसायिका रुपमा चिनीने जिसी सामाजिक कार्यमा अग्रहणी भुमिकामा रहनुहुन्छ । कोरोना माहामारी र गत असार २५ गते बाढी पहिरोका कारण आएको विपतीमा जिसी र ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले निजीखर्चमा होलिकप्टर मार्फत घाइते पिडीतहरुको उद्दार गर्नुभएको थियो ।
सहयो रकम जुग्जालीलाई जिसीका आफन्त जिवन कटुवाल र कैदीबन्दीलाई भन्जा रोहन श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको हो ।

You can share this post!

‘हावाबाट पनि सर्न सक्छ कोरोना’

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ कोरोना संक्रमण पुष्टि

Related posts