स्वास्थ्य कार्यालय म्याग्दी प्रदेश मातहतका कार्यालयमध्ये उत्कृष्ट

गण्डकी प्रदेश सरकार मातहत रहेका कार्यालयहरु मध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश स्थापना दिनका अवसरमा प्रदेश मातहत रहेका कार्यालयहरुमध्ये हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो। एक महिना अघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट खटिएको टोलीले विभिन्न सुचकहरुको आधारमा कार्यालयहरुको मुल्यांकलन गरेको थियो ।

प्रदेश सरकारको मुल्याँकनमा म्याग्दीबाट उत्कृष्ट कार्यालयमा पर्न सफल भएको जानकारी आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।‘‘ बिषम परिस्थितिमा पनि कार्यालय र कार्यालय मातहतबाट भएका सामुहिक एकताको कारण उत्कृष्ट कार्यसम्पादन सम्भव भएको हो, प्रदेश सरकार र कार्यालयका सबै प्रति आभार व्यक्त गर्न चाहन्छु’’– उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले आफु माहतहत रहेका कार्यालयहरुको शुसासन, कार्यालय व्यवस्थापन, प्रगति लगायतको सुचकहरुको आधारमा स्थलगत अनुगमन गरि मुल्यांकन गरेर उत्कृष्ट कार्यालय छनौट गरेको हो । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लामा कोरोना महामारीको सन्दर्भमा उत्कृष्ट कार्यहरु गर्दै आएको छ । खासगरि खोप अभियानमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

जिल्लामा लक्षित समुदायको ९९ प्रतिशत नागरिकले कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण मात्राको खोप लगाइसकेके कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय तह र स्वास्थ्य संस्थाहरुमा समन्वय, खोप, भ्याक्सीन, औषधी, औजार उपकरणको आपूर्ति, स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्य कार्यक्रमको अनुगमन र पृष्ठपोषण लगायतका कार्यहरु गर्दै आएको छ ।

You can share this post!

संसदले एमसीसी टुंगो लगाउनैपर्छः प्रधानमन्त्री देउवा

अव म्याग्दीमै BICTE र B.ED पढ्न पाईने

Related posts