कालीगण्डकी नदी माथि पक्की पुल निर्माण

म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर अन्तरगत बेनी जोमसोम सडकमा कालिगण्डकी सहायक नदीमा धमाधम मोटरेबल पुल निर्माण भएका छन् । कोरिडोर अन्तरगत अन्तरगत म्याग्दीका अन्नपुर्ण गाउँपालिकास्थित पोखरेबगर र महभिरमा मोटरेपुल निर्माण सम्पन्न भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम क्षेत्र सेक्टर कार्यालयमार्फत ठेक्का लगाएर निर्माण कम्पनीले मोटरेबल निर्माण सम्पन्न गरेको इन्जिनियर आशिक रिजालले बताए । पोखरेबगर महभिरस्थित कालीगण्डकी नदीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले ठेक्का लिएको थियो ।

पोखरेबगरमा ७० मिटर लम्वाई ११ मिटर चौडाई ११ मोटरेबल पुल भ्याटसहित ८ करोड २४ लाखमा लिएको थियो । यसको केही समयपछि संचालनमा गर्नेसहित काम सम्पन्न भएको ईन्जिनियर आशिक रिजालले जानकारी दिए । कोरोना महामारी लगायतका समस्याले २०७८ पुषमसान्त सम्म १ बर्षको म्याद थप गरिउको थियो ।

महभिरस्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो ११ मिटर चाडाई भएको मोटरेबल पुल भ्याटसहित ९ करोड ९ लाखमा जेभिले निर्माणको जिम्मा लिएको थियो । असोजमा काम सम्पन्न गरी हाल पुलमा यातायात सुचारु भएको पुल महाशाखाका इन्जिनियर रिजालले बताए । एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो ।

 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको छ । २०८० साल चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते े बिओकेआई–हिमालयन जेभीले भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको इन्जिनियर रिजालले जानकारी दिए । विभागले पोखरेबगर, महभिर र बेगखोलामा निर्माण व्यवसायीले पुलको डिजाइन आफै गर्ने ठेक्का सम्झौतामा भएको छ ।

निर्माण कम्पनीले आवश्यक उपकरणसहित पुलको एक पिलर निर्माणका लागि जग खनिसकेको छ । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए । पुल महाशाखा र कालीगण्डकी कोरिडोर आयोजनाले बेनी–जोमसोम सडकमा मोटरपुल निर्माण योजनालाई प्राथमिकता दिएर अघि बढाएका छन्

You can share this post!

स्थानीय तहको निर्वाचन मिति तुरुन्त घोषणा गर्नको लागि राष्ट्रीय युवा संघको दवाव मुलक कार्यक्रम

मौरिसस विरुद्ध नेपालको दोस्रो जित

Related posts