बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई पुनम स्मृति कोषले राहत प्रदान गरेको छ । कोषले रु ८ हजार बराबरको लत्ताकपडा र ७ हजार ५ सय नगद तत्कालका लागि राहत स्वरुप उपलब्ध गराएको पुनम स्मृति कोषका संस्थापक बेनी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष समेत रहनुभएका कृष्णसिंह बानीयाँले बताउनुभयो ।
त्यस्तै खत्री परिवारका लागि बेनीमा रहेको विश्वामित्र बचत तथा क्रृण सहकारी संस्था लिं को मानवीय सहायता कोषबाट रु पाँच हजार सहयोग गरिएको सहकारीका पुर्व अध्यक्ष बानीयाँले जानकारी दिनुभयो ।
अचानक भएको आगलागीबाट स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र रहेको ३ तोला सुन, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको पीडित सुस्मा खत्रीले बताउनुभयो ।