हाप्किडो संघ म्याग्दीको अध्यक्षमा हमाल

म्याग्दी बेनीमा हाप्किडो संघ गठन भएको छ । सरदमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरी विवेक हमालको अध्यक्षतामा ९ सदस्यिय नेपाल मार्शल आर्टस हाप्किडो संघ म्याग्दी शाखाको गठन गरीएको हो । संघको उपाध्यक्षमा अवेस्ना शाहि, सचिवमा गणेश हमाल र कोषाध्यक्षमा अविसेक वानियाँ चयन हुनभएको छ । त्यसैगरी सदस्यहरुमा रेमन राई, विवेक बानियाँ, अर्जुन नेपाली, राजेश श्रेष्ठ र कल्याण सुवेदी लाइ चयन गरीएको संघका सचिव गणेश हमालले बताउनु भयो ।


कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो खेलबाट पनि नेपालको नाम विश्व सामु चिनाउन सकिने बताउँदै यो खेल दक्षिण कोरीयाबाट उत्पत्ती भएको र विश्वका ५० भन्दा बढी देशमा खेलिने बताउनु भयो । उहाँले कोभिड–१९ नियन्त्रणमा आए लगत्तै नेपालमा पनि अन्तराष्ट्रिय स्तरको हाप्किडो खेल आयोजना गरीने बताउनु भयो । कार्यक्रममा बोल्दै समाजशेवी सन्तोष रावलले यस खेललाई पनि अरु खेल जस्तै व्यवसायिक रुपमा समेत लौजानु पर्ने बताउनु भयो ।
संघका अध्यक्ष घर्तीमगरको अध्यक्षतामा सम्पन्न समिती गठन कार्यक्रम को सञ्चालन संघका गण्डकी प्रदेशका सचिव प्रेमबुढा मगरले गर्नु भएको थियो । कार्याक्रमा संघका गण्डकी प्रदेशको उपाध्यक्ष तारामाया थापा मगर र सदस्य तथा खेलाडी प्रिती गीरीले हाप्किाडो खेलका बारेमा जानाकारी गराउनु भएको थियो ।

You can share this post!

ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक जना घाईते

पुर्व मन्त्री थापाद्धारा गायत्री मन्दिरको निरीक्षण

Related posts