भौतिक उपस्थितिका सबै भेला र कार्यक्रम माघ १५ सम्म स्थगित गर्ने अनेरास्ववियुको निर्णय

काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक उपस्थितिमा गरिने कार्यक्रम स्थगित गर्ने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेकाले सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी निर्देशनलाई ध्यान दिँदै केन्द्रीय कमिटि र मातहतका सबै कमिटिहरूको २५ जनाभन्दा बढीको भौतिक उपस्थितिमा हुने भेला तथा कार्यक्रम माघ १५ गते सम्मलाई स्थगित गरिएको अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

यो अवधिमा महत्वपूर्ण छलफल तथा कार्यक्रमहरु प्रविधिको उच्चतम प्रयोग गरी भर्चुअल माध्यमबाट सञ्चालन गर्ने र गराउने पनि अनेरास्ववियुको निर्णय छ ।अनेरास्ववियुको पदाधिकारी बैठक इन्चार्ज माधव ढुंगेलको उपस्थितिमा आइतवारै बसेको थियो । सो बैठकले शैक्षिक आन्दोलनका एजेण्डालाई निरन्तर अघि बढाउने निर्णय समेत गरेको छ ।

You can share this post!

आज ४९६१ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या साढे २५ हजार

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकार सहित एकै दिन ४० जनामा संक्रमण

Related posts