नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र कटुवाल

म्याग्दी । नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र कटुवाल निर्वाचित हुनुभएको छ । शुक्रबार देखि म्याग्दी सदसमुकाम बेनीमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

रघुगंगा गाउँपालिका २ राखु निबासी नेता कटुवाल एमाले म्याग्दीको यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहनुभएका कटुवाल एमालेको पाका र बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

अध्यक्षमा आकांक्षी देखिनु भएका पार्टीका जिल्ला कमिटि सचिव बालकृष्ण सुवेदीले अध्यक्षमा कटुवाललाई नै समर्थन गरेपछि अध्यक्षमा सर्वसम्मत रुपमा कटुवाल चयन हुनुभएको हो । जिल्ला कमिटिको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, र उपसिचवमा थपसरा पुन र राजकुमार थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

गुट फुट र अराजकताको अन्त्य गरौँ,सवल, सुदृढ र एकतावद्ध पार्टी निर्माण गरौँ भन्ने मूल नारा सहित आयोजित नवौँ जिल्ला अधिवेशनमा शनिबार देखि सुरु भएको बन्द सत्रमा सहमतिबाटै जिल्लाको नेतृत्व चयन गरिएको अध्यक्ष मण्डलका सदस्य नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापाले बताउनुभयो । पदाधिकारी सहित अन्य सवै सदस्यहरु पनि सहमतिबाटै चयन गरिएको हो ।

You can share this post!

एसईई परीक्षा वैशाखमा हुने

एमाले बागलुङको अध्यक्ष, उपसचिव र सदस्यमा मात्रै निर्वाचन

Related posts