श्रीमतीको हत्यागरी गाड्ने श्रीमान

म्याग्दीको बेनी नगरपालिका –१ सारेमारे बेलबोटमा श्रीमतीको हत्या गरी गाडेका श्रीमान प्रकाउ परेका छन् । मंगलबार राति ४३ बर्षिया माया सार्कीलाई हत्या गरेर घर नजीकैको बारीमा खडल खनी गाडेका ३९ बर्षीय बिरबहादुर बुढालाई प्रहरीले सूचनाका आधारमा पक्राउ गरेको हो । श्रीमतीको हत्या गरि शव गाडेको सूचनाका आधारमा बुधवार विहान घटनास्थलमा प्रहरी पुगे थियोे ।
घर नजीकैको बारीमा खाडल खनेर गाडिएको अवश्थामा सार्कीको शब भेटीए पछि शवलाई खाडलबाट झिकेर परिक्षणको लागि बेनी अस्पतालमा ल्याईएको प्रहरी नायब निरिक्षक धुर्वप्रसाद शर्माले जानाकारी दिनु भयो । बुढालाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसंधानलाई अघि बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलवार राती सार्की दम्पतीले मदिरा सेवन गरि झगडा गरेको र सोही क्रममा बिरबहादुरको कुटाईबाट मायाँको हत्या भएको हुन सक्ने प्रहरीकाे अनुमान छ । झगडामा सार्कीको मृत्यू भए पछि राती नै बुढाले घरछेउको बारीमा शबलाई खाडल खनेर गाडेको छिमेकीले जानकारी पाएपछि वडा कार्यालय मार्फत प्रहरीलाई खवर गरेका थिए ।

You can share this post!

यस बर्ष पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट मात्रै ५ करोड भन्दा बढी रकम कृषकलाई अनुदान बितरण गरिने

पुर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाकाे राजदूत नियुक्त

Related posts