चालु अर्थिक बर्षमा म्याग्दी र मुस्ताङ्गका कृषकहरु लाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट ५ कारोड भन्दा बढी अनुदान वितरण गरिने भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान ६ करोड २६ लाख लाख २९ हजार मध्य ५ करोड १७ लाख २४ हजार रुपैयाँ कृर्षकलाई वितरण गरिने कार्यालयले जनाएको छ ।
सरकारले उपलब्ध गराएको ६ करोड २६ लाख २९ हजार मध्य पुँजीगतमा २३ लाख तिस हजार बाँकी रकम चालु तर्फ रहेका छ । चालु तर्फ बार्षीक ८५ लाख ७५ हजार प्रशासनीक खर्च छुट्¥याएर ५ करोड १७ लाख रुपैयाँ कृषकले विभिन्न शिर्षकमा अनुदान प्राप्त गर्ने कार्यालय प्रमुख नारायण कुसुमले जानाकारी दिनु भयो ।
कार्यलयले विभिन्न किसिमका फार्म, कृषक, कृर्षि समुह, कृर्षि सहकारी, साना कृर्षि ब्यवसायि फार्महरुलाइ मत्स्य व्यवसाय प्रवर्द्धन, पशुपंक्षी व्यवसाय प्रवर्द्धन, पशु स्वाथ्, पशु आहारा प्रवर्द्धन, पशु आनुवंशिक श्रोत संरक्षण, पशु प्रजनन तथा नश्ल सुधार, पशु पंक्षी बजार प्रवर्द्धन, एकिकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, कोभिड १९ प्रभाव लक्षित कार्यक्रमा अनुदान वितरण गर्ने कार्यालय प्रमुख कुसुमले जानाकारी दिनु भयो ।