अनेरास्वबियु म्याग्दीको संगठन बिस्तार अभियान तिब्र

नेकपा एमाले निकट अनेरास्ववियु म्याग्दिले आफ्नो संगठन बिस्तार तथा सुदृढीकरण अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ। २० औं जिल्ला सम्मेलन नजिकिदै गर्दा अनेरास्वबियु म्याग्दी तिब्र रुपमा संगठन बिस्तारमा जुटेको हो।

संगठन बिस्तार अभियानको क्रममा आइतबार बेनि नगरपालिका र रघुगंगा गाउँपालिकाको बिद्यालयमा संगठन बिस्तार गरेको छ ।बेनि नगरपालिका वडा न। १० पात्लेखेत स्थित दिपक मा.विमा मबिना थजालिको अध्यक्षतामा ४७ सदस्यीय कमिटी निर्माण भएको छ। कमिटिको उपाध्यक्षमा सुदिप हमाल, सचीवमा सुस्मा भणडारि ,सह-सचिवमा सीता सिर्पाली ,आयुष गौचन र कोषाध्यक्षमा एलिसा राई चयन भएका छन् ।

त्यस्तै महेन्द्र मा.वि झिमा करिश्मा छिनालको अध्यक्षतामा ४०  सदस्यीय कमिटी  निर्माण भएको छ । कमिटिको उपाध्यक्षमा मेघ्ना गर्बुजा, सचीवमा साजन पुन, सह-सचिवमा अमित थजाली , शान्ता थलाजी कोषाध्यक्षमा सजिता थजाली र सह-कोषाध्यक्षमा सीता गोतामे रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्वबियुका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले बिद्यार्थीहरुका लागि राजनैतिक चेतना आवश्यक भएको बताउँदै भबिश्यका कर्णधार बिद्यार्थीले राजनिती नगर्ने हो भने आफुँ भन्दा अयोग्यबाट शासित हुन तयार हुनुपर्ने कुरामा जोड दिनुभयो। विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन अनेरास्ववियु उदाएको बताउँदै शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले विभिन्न खालको अभियान सुरु गरेको जानकारी गराउनुभयो।


कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी म्याग्दिको संयोजक दर्पन रोकाको अध्यक्षता , अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज बिश्वकर्माको प्रमुख आतिथ्यता, जिल्ला सह-संयोजक मिलन खत्रीको स्वागत र जिल्ला सचिवालय सदस्य एवं प्रचार बिभाग प्रमुख समिर रोका मगरको सञ्चालनमा समपन्न भएको थियो।

You can share this post!

गुरुङ समुदायले मनाउने ल्होसारको रमझम

कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना

Related posts