पब्लिक भिजन सहकारीको अध्यक्षमा लक्ष्मण शर्मा चयन

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको अध्यक्षमा लक्ष्मण शर्मा चयन हुनुभएको छ । सहकारीको शुक्रबार बेनीमा सम्पन्न १३ औँ साधारण सभा तथा छैठौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

नवनिर्वाचित संचालक समितिको उपाध्यक्षमा धु्रवराज कार्की, सचिवमा हरि प्रसाद सुवेदी, कोषाध्यक्षमा ऐकेन्द्र रावल र सहसचिवमा राम प्रसाद पौडेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, गोविन्द बानीयाँ, हरिकृष्ण गौतम, भुलमाया तिलिजा, दिनानाथ रेग्मी, हिरा बहादुर पुन, गोविन्द पौडेल र गोपाल भट्टचन चयन हुनुभएको संस्थाका प्रवन्धक नवराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै अमृत देवि बानीयाँको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यमा विनोद कुमार श्रेष्ठ र सुमन बानीयाँ रहनु भएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका जेष्ठ शेयर सदस्य सूर्य बहादुर कार्कीले संस्थाले प्रविधि अनुसारको संचार सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

केवल संगै अव इन्टरनेटलाई पनि थप प्रभावकारी बनाएर जानुपर्ने उहाँको भनाई थियो । संस्थालाई सफल बनाउन संचालक समितिको मात्र नभइ सवै शेयर सदस्यहरुको उत्तिकै भूमिका रहनु पर्ने कार्कीले बताउनुभयो । साधारणसभामा बिगत ७ बर्षदेखि प्राविधिकको रुपमा कार्यरत संस्थाका कर्मचारी सुन्दर बानीयाँलाई नगद रु ५ हजार ५ र दोसल्लाले सम्मान गरिएको प्रवन्धक पौडेलले जानकारी दिनुभयो ।

संस्थाको शेयर पुँजी १ करोड २५ लाख ५२ हजार २ सय रुपैयाँ रहेको छ । साथै गत आर्थिक बर्षमा संस्थाले ४८ लाख आम्दानी गरेको र त्यहि बरावरको खर्च भएको पौडेलले बताउनुभयो । संस्थाले अध्यक्ष टंक हमालले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिर बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई पारित गरको छ ।

पब्लिक भिजन सहकारीले अघिल्लो बर्षदेखि सुरुवात गरेको इन्टरनेट सेवालाई थप ब्यबस्थित गरेर लैजाने योजना बनाएको छ । साधारण सभा नि बर्तमान अध्यक्ष टंक हमालको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण शर्माको स्वागत र सचिव धु्रवराज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

प्रकाश माविकोे ६९ औं वार्षिकोत्सवः उत्कृष्ट शिक्षक, अभिभावक तथा बिद्यार्थी पुरस्कृत

रघुगंगाको ११ औँ गाउँसभा थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित 

Related posts