विना स्वास्थ्य चेकजाँच, चालकहरू गुडाउँछन् गाडी

स्वास्थ्यमा समस्या  भए पनि चालकले सवारी कुदाउने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ , जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली अस्पतालको प्राविधिक सहयोगमा चालकको स्वाथ्य परीक्षण गर्ने क्रममा स्वास्थ्य समस्या भए पनि चलाउने गरेको पाइएको हो । सवारी साधान चलाउने ६२ जना पाका उमेरका सवारी चालकको स्वास्थ्य परीक्षणमा अधिकांशमा स्वास्थ्य समस्या भेटिएको थियो । युवामा भने थोरैमा मात्रै समस्या देखिएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने व्यास नगरपालिका–१ अम्रेनीमा सडकमै चालकको प्रेसर र आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो । ६२ जना पाका सवारी चालकको स्वास्थ्य परिक्षणको क्रममा १७ जनामा मात्रै स्वास्थ्य राम्रो देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । उक्त अवसरमा प्रेसरका समस्या भएका ४५, नजिकको नदेख्ने आठ, टाढाको नदेख्ने सात र रङ छुट्याउन नसक्ने तीन जना थिए ।

स्वास्थ्य परीक्षणको क्रममा सत्र जना सामान्य प्रकृतिका भेटिएका थिए । स्वयं चालकलाई आफ्नो स्वास्थ्य स्थितिको बारेमा अग्रिम जानकारी गराउने उद्देश्यले सचेतना जगाउन स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हमालले जानकारी दिनुभयो । ‘‘स्वास्थ्य चालक भयो भने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने हेतुले स्वास्थ्य परीक्षण गराएका हौँ’’ ट्राफिक प्रमुख हमालले भन्नुभयो ।

स्वास्थ्य परीक्षणका क्रममा आँखामा कमजोरी देखिएका व्यक्तिलाई चश्मा लगाउन र रक्तचाप भएकाहरुलाई खानपानमा ध्यान दिई स्वास्थ्य व्यवस्थापन गर्न सल्लाह प्रदान गरिएको छ । सवारी चालकको दमौली अस्पतालकी नेत्रसहायक लक्ष्मी चौधरी, अहेवद्वय सुमिक्षा पन्थ र नेतृत्वमा सुष्मा थापाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

हाल पृथ्वी राजमार्गको चालकको मात्रै परीक्षण गरिएको शाखा सडकहरुमा पनि सञ्चालन गर्ने योजना रहेको ट्राफिक तनहुँले जनाएको छ । आँखाको कमजोरी र उच्च रक्तचाप भएका चालकबाट दुर्घटनाको जोखिम हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रमुख हमालको भनाइ छ ।

You can share this post!

बहिरा बिद्यार्थीहरुसंग अनेरास्ववियु म्याग्दी

प्रकाश माविकोे ६९ औं वार्षिकोत्सवः उत्कृष्ट शिक्षक, अभिभावक तथा बिद्यार्थी पुरस्कृत

Related posts