न्यु वेष्ट प्वाईन्टले जित्यो नमस्ते ट्रेड होटल याक जेसीज कपको उपाधी

म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाईन्ट मावि बेनीले जितेको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नारासंगै संचालित १९ औँ संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधी वेष्ट प्वाईन्टले जितेको हो ।

खुल्लामञ्चमा आईतबार भएको फाईनलमा बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै विजेता न्यु वेष्ट प्वाईन्टले लगातार चार पटक जेसिज कपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । १८ औँ संस्करण जेसिज कपका पनि विजेता र उपविजेता यी दुई विद्यालय भएका थिए ।

प्रतियोगितामा बिजेता न्यु वेष्ट प्वाईन्टले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ रुपैया जितेको छ । त्यस्तै उपबिजेता बनेको बुद्ध एकेडेमी बगरफाँटले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिएको छ । विजेता र उपविजेता विद्यालयलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठ लगातयको उपस्थितमा वितरण गरिएको थियो ।

जेसिज कप फुटवल प्रतियोगितामा सहभागिता जनाउदै सेमिफाईनलसम्म पुग्न सफल केवी एकेडेमी दरवाङ अनुशासित टिम बन्दै नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रले आयोजकले सम्मान गरेको थियो ।

प्रतियोगितामा विजेता न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ उतकृष्ट खेलाडी, न्यु वेष्ट प्वाईन्टका अमृत तामाङ र लकुस पुन सर्वाधिक गोलकता बनेका छन् । दुवै समान ५÷५ गोल गरेका थिए । म्याग्दी एकेडेमी सिगांका सज्जन किसान उतृकष्ट गोलरक्षक, बुद्ध एकेडेमीका रविन तामाङ उतकृष्ट डिफेन्डर, बुद्ध एकेडेमीका निराजन पुन उतकृष्ट स्टाइकर, केवी एकेडेमी दरवाङका खगेन पुन उतकृष्ट मिडपिल्डर, वेष्ट प्वाईन्टका सुमन थापा राईजिङ प्लेयर र उतृकष्ट कोच न्यु वेष्ट प्वाईन्टका दिपेन राई बनेको मुल संयोजक कुमार बानियाँले जानकारी दिए । विभिन्न विधाबाट उतकृष्ट छनोट भएका खेलाडीलाई नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ। मंसिर २१ गतेदेखि सुरु भएकोे जेसिज कप प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता रहेको थियो

You can share this post!

राष्ट्रीय महिला कबडडी प्रतियोगीतामा म्याग्दी तृतीय

मौवाफाटमा नेकपा एमालेको कार्यालय स्थापना

Related posts