माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र० गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ ।

माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यि समिति बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती चयन गरेको हो ।
पोखरा सभागृहमा शनिबारबाट शुरु भएको अधिबेशनमा अध्यक्षका आकांक्षि धेरै देखिए पछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्षमा प्रस्ताब गरी निर्वाचित गरिएको हो ।

प्रदेशका उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचिन गरिने छ । २०३६ साल कार्तिक १० गते तनहुमा जन्मनु भएकी गुरुङले अध्यक्ष निर्वाचित भए पश्चात सिङगो गण्डकीमा राम्रो नयाँ टिम बनाएर काम गर्ने बताउनुभयो ।

सानै उमेरबाट बिद्यार्थी, महिला हुँदै काम गरेको बताउदै गुरुङले सबै जीवन राजनैतिक आन्दोलनमा बितेको बताउनुभयो । अध्यक्षले मात्र केहि गर्न नसक्ने बताउदै गुरुङले सबैलाई मिलाएर नमुना पार्टी बनाउने बताउनुभयो ।
तनहुमा बिद्यार्थी इकाई हुदै कास्कीमा बिद्यार्थी अध्यक्ष, धौलागिरी महिला संयोजक, पर्वतमा पार्टी सचिब, मुस्ताङमा दुई कार्यकाल पार्टी अध्यक्ष बन्नु भएकी गुरुङ गण्डकी प्रदेश सभामा प्रमुख सचेतक रहनु भएको छ ।
तीन दिन चलेको अधिबेशनमा एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा सबै पालिका समितिहरु पश्चात प्रदेश अधिबेशन गरिएको हो ।

प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट पालिकाहरुबाट छ सय, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ गरी आठ सय ४६ जना प्रतिनिधि सहभागी रहेको थि

You can share this post!

धवलागिरी गाउँपालिकाको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

माओवादी गण्डकी प्रदेशको अध्यक्षमा गुरुङ, म्याग्दीबाट ११ जनाको प्रतिनिधित्व

Related posts