राष्ट्रीय महिला कबडडी प्रतियोगीतामा म्याग्दी तृतीय

म्याग्दी । शिव शक्ती युथ क्लव द्वारा धुनाषामा आयोजीत प्रथम बटेश्वर गाउँपालिका अध्यक्ष कप राष्ट्रीय महिला कबडडी प्रतियोगीतामा म्याग्दी जिल्ला कबडडी संघले तृतिय स्थान हाँसिल गरेको छ । यही मंसिर २३ गते देखी २५ गते सम्म आयोजित प्रतियोगीतामा तृतिय हुन सफल म्याग्दीले नगद रु २५,५५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कबडडी संघ म्याग्दीका अध्यक्ष राज कुमार परियारले जानकारी दिनुभयो ।

प्रतियोगीतामा म्याग्दीबाट सोफिया प्रजा, गीता थजाली, देविका पुन, सोनिया थजाली, बिनिता पाईजा, शिला पुर्जा, शर्मिला पुन, बुद्दीमाया मगर, होममाया मगर, अन्जली मगर, सपना मगर, र बिपना तामाङ सहभागी हुनुभएको थियो ।

प्रतियोगीता को टिम कोच राज कुमार परियार, टिम ब्यबस्थापक सुजन केसि र अफिसीयल तेज विस्ट रहनुभएको थियो । पछिल्लो समय म्याग्दीमा कबडडी खेलको लोकप्रीयता बढ्दै गएको छ । छोटो समयमा धेरै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी हरुको उत्पादन भएको छ । यस अघि पनि म्याग्दीले थुप्रै प्रतियोगीताहरु मा जित हाँसिल गरिसकेको छ ।

You can share this post!

फोनिज म्याग्दीको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा साधन राम्जाली

न्यु वेष्ट प्वाईन्टले जित्यो नमस्ते ट्रेड होटल याक जेसीज कपको उपाधी

Related posts