अर्जमका भिम बहादुर श्रेष्ठको एक महिना पछि शव भटियो

म्याग्दी । गत कार्तिक २२ गते देखि हराइरहेका म्याग्दीको बेनी नगरपालिका १ अर्जमका भिम बहादुर श्रेष्ठको शव बिहिबार फेला परेको छ । प्रहरी, परिवार र आफन्तहरुको निरन्तर खोजी पछि आज बेनपा ३ भकिम्ली दुधेखोलाको भिरमा लास फेला परेको श्रेष्ठका आफन्त जिवन श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले प्रहरीको टोली घटना स्थलमा पुगी घटनाको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि बेनी अस्पताल ल्याउने तयारी गरिएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आसंका गरिएको श्रेष्ठले बताउनु भएको छ ।

कार्तिक २२ गते बेनपा ३ डाँडाखानी ससुराली गयर फर्किएका ५३ बर्षिय श्रेष्ठ घर नपुगी बिच बाटोबाटै सम्पर्क बिहिन हुनुभएको थियो । उहाँ हराए लगत्तै परिवारले प्रहरीलाई खवर गरि प्रहरी र स्थानीयले खोज तलास गरेका थिए । खोजतलासकै क्रममा कार्तिक २३ गते दिउँसो बेनपा ३ तोराखेतको जरिबिसाउना भन्ने ठाउँमा उहाँलेनै लगाउनु भएको टोपी भेटिएको थियो । त्यसयता पनि निरन्तर खोजी कार्य जारी राख्दा बिहिबार सो स्थानमा शव भेटिएको हो ।

 

You can share this post!

जीप दुर्घटना हुँदा तीनको मृत्यु, छ घाइते

पोखराको विभिन्न स्थानबाट लागु औषधसहित ६ जना पक्राउ

Related posts