कांग्रेस नेता बानीयाँको काठमाडौमा सम्पर्क कार्यालय स्थापना

नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले १४ औं महाधिवेशनलाई लक्षित गरी सम्पर्क कार्यालय खोल्नु भएको छ । महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बानियाँले काठमाण्डौको बागबजारमा खोलेको सम्पर्क कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभएको हो ।

सभापति गर्बुजाले यसपटक म्याग्दीले केन्द्रिय सदस्यका लागि कुनैपनि सम्झौता नगर्ने बताउनुभयो। ‘म्याग्दीले केन्द्रीय सदस्यका लागि सबै नेताहरुसँग अनुरोध सहित सहयोगको अपेक्षा गरेको छ ,‘निर्वाचनबाटै भएपनि हामीले जिल्लामा केन्द्रीय सदस्यको पद लिएर जान्छौ’ सभापति गर्बुजाले भन्नुभयो। सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्यका उम्मेदवार बानियाँले म्याग्दी जिल्लाको साझा उम्मेदवारको रुपमा मैदानमा उत्रिएको अवस्थामा अन्य जिल्लाबाट समेत राम्रो प्रतिक्रिया आएको बताउनुभयो ।

उहाँले सातवटै प्रदेशमा गरिएको प्रचारप्रसारमा समेत महाधिवेशन प्रतिनिधिले म्याग्दीको उम्मेदवारलाई रोज्ने प्रतिबद्धता समेत जनाएको उहाँको भनाई छ । सम्पर्क कार्यालयले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्न सहज हुने छ । बानियाँ संस्थापन इतरका वरिष्ठा नेता रामचन्द्र निकट भएपनि संस्थापन पक्षका प्रतिनिधिहरुले समेत सहयोगको प्रतिबद्धता जनाएपछि सहज भएको छ । केन्द्रीय महाधिवेशन यही मंसिर २४,२५, र २६ गते काठमाडौंमा हँदैछ।

You can share this post!

जैमिनीमा आदर्श सञ्चार सहकारीको साधारणसभा

अनेरास्ववियु म्याग्दी द्वारा शैक्षिक सामाग्री बितरण

Related posts