ओलीले प्रस्ताव गरेको एमालेको केन्द्रिय कमिटीमा म्याग्दीका तीन नेताको नाम

चितवनको सौराहमा जारी नेकपा एमालेको दशौ महाधिबेशनमा अध्यक्ष मण्डलले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा म्याग्दीका तीन जना नेताको नाम परेको छ ।

ओलीद्धारा प्रस्तावित ३०१ सदस्यीय केन्द्रिय समितिमा म्याग्दीबाट थममाया थापा, भुपेन्द्रबहादुर थापा र नरदेबी पुनको नाम परेको हो । केन्द्रिय कमिटीमा आकांक्षी बन्नुभएका नवराज शर्मा र हरिकृष्ण श्रेष्ठको नाम भने ओलीले घोषणा गरेको नामावलीको बिबरणमा छैन् ।

ओलीले थममाया थापा महिला, भुपेन्द्र थापा र नरदेबी पुनलाई गण्डकी प्रदेशको कोटामा केन्द्रिय सदस्य प्रस्ताव गर्नुभएको हो । महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आइतबार राती ओलीले १९ पदाधिकारी र केन्द्रीय कमिटी घोषणा गर्नुभएको थियो । केन्द्रिय सदस्यमा सिफारिस थापा द्वय यस अघि पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो र दुबै जना प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ । त्यस्तै पुन भने पहिलो पटक केन्द्रिय सदस्यमा सिफारिस हुनुभएको हो । पुन पार्टीको गण्डकी प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य हुनुहुन्छ ।

ओलीले खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुरलगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनाउनु भएको थियो । अध्यक्ष मण्डलको बैठक बसेर यी नामलाई अन्तिम रुप दिएको थियो । बन्दसत्रले पदाधीकारी र केन्द्रिय कमिटी चयन गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो ।

यसैविच एमालेको अध्यक्षमा भने केपी शर्मा ओली र भिम रावलले उम्मेदवारी दर्ता गर्नुभएको छ । सहमतिलाई अस्वीकार गर्दै आफु अध्यक्षमा चुनावनै लड्ने पक्षमा रावल देखिएपछि ओली र रावल बिच चुनाव हुने भएको हो । त्यस्तै ओलीको लिस्टमा नपरेका घनश्याम भुषालले उपाध्यक्षमा र भिम आचार्य र टंक कार्कीले सचिव पदमा उम्मेदवारी दिएका छन ।

सहमति नभएका अन्य पदहरुमा पनि निर्वाचन हुने जनाइएको छ । आज राती ९ बजे देखि भोली बिहान ३ बजे सम्म निर्वाचनको समयाबधि तोकिएको छ ।

You can share this post!

रघुगंगामा विद्यालयसंग डाक्टर कार्यक्रम प्रभाबकारी बन्दै

हर्बल हब बन्दै म्याग्दीको दुर्गम स्थान गुर्जा

Related posts