क्वारेन्टिन बसेका भकिम्लीका १ जनामा कोरोना संक्रमण

भारत बाट आएर बेनी स्थित माउन्ट एभरेष्ट आवामीको भवनमा बनाईएको क्वारेन्टिनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनपा–९ भकिम्ली घर भएका ३० बर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
असोज १ गते ३० जनाको स्वाभ संकलन गरि पोखरा स्थित प्रयोगशालामा स्वाभ परिक्षण गर्न पठाएकोमा बुधबार १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका निमीत्त प्रमुख एकनारायण लम्सालले बताउनु भयो । गत भदौ ३१ गते देखि म्याग्दी कोरोना संक्रमणका विरामि थिएन्न । हाल सम्म समुदाय स्तरमा कोरोना भाइरसका संक्रमीत नभएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी बजार क्षेत्र सहित ग्रामीण भेगमा समेत सर्वसाधरणहरुलाई विनाकाममा माक्स नलागाई हिड्डुल नगर्न समेत डिसीसीएम्सीले आग्रह गरेको छ । । म्याग्दीमा भारत सहित तेस्रो मुल बाट भित्रीने म्याग्देली लाई क्वारेन्टिनमा राखिएको छ भने अन्र्तर जिल्ला आगमन मा कडाइ गरिएको छ । अन्तर जिल्ला बाट आउने म्याग्देलीलाई पनि होम क्वारेन्टिनमा राखिएको छ । यसको कारण पनि म्याग्दी जिल्ला लाई सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी उमाकनन्त अधिकारीले बताउनु भयो ।

You can share this post!

९ बर्षीय ब्लड क्यान्सर पिडित बालिकाको उपचारमा आर्थिक अभाव

नेपालमा कोरोना भाइरसका ५० हजार भन्दा बढी संक्रमीत ब्यत्तीहरू निकाे भएर घर फर्किए

Related posts