म्याग्दीको रघुगंगा ४ मा माओबादीको वडा कमिटी गठन

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।

दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा राजकुमार शेरपुञ्जा, सचिबमा यामबहादुर बिक र कोषाध्यक्षमा पुर्णकुमारी बिक चयन हुनुभएको नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटिअध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।

रघुगंगाको १, २, ३, ५ र ६ नम्बर वडामा यसअघिनै वडा अधिबेशन गरेर कमिटी गठन गरेको उहाँले बताउनुभयो ।

You can share this post!

लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान म्याग्दीमा पनि सुरु

नगरपालिकाको मध्यकालीन खर्च संरचना तर्जुमासम्बन्धी अभिमुखीकरण

Related posts